मौसम: पश्चिमी न्यून चापीय प्रणाली र जलवाष्पयुक्त वायुको प्रभाव

मौसम: पश्चिमी न्यून चापीय प्रणाली र जलवाष्पयुक्त वायुको प्रभाव

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको समेत नेपालको मौसम प्रणालीमा प्रभाव रहेको छ।

यतिबेला देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १३, २०७९ शुक्रबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।