माइक्रोसफ्ट र गुगलपछि पालाे अब SAP काे
एजेन्सी : प्रख्यात टेक कम्पनी SAP ले बिहीबार तीन हजार रोजगारी कटौती गर्ने घाेषणा गरेकाे छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, यो जर्मन कम्पनीले क्वाल्ट्रिक्समा आफ्नो हिस्सेदारीको बारेमा विचार गरिरहेको छ। लागत कटौतीबारे विचार गरिरहेको कम्पनीले क्लाउड व्यवसायमा ध्यान केन्द्रित गर्दैछ।
'हामी २०२३ काे लागि थोरै लागत घटाउने आशा गर्छौं र सुधारिएकाे रेटबाट २०२४ मा ३०० मिलियनदेखि ३५० मिलियन यूरो बचत हुने अपेक्षा गर्दछौं,' मुख्य वित्तीय अधिकारी लुका मुसिकले पत्रकारहरूलाई भने।
कम्पनीले जर्मनीमा यसको मुख्यालयबाट मात्र २०० भन्दा बढि कर्मचारीलाई बर्खास्त गर्दैछ।
यसअघि माइक्रोसफ्ट र गुगल लगायत धेरै कम्पनीले कर्मचारी हटाइरहेका छन्।
माघ १२, २०७९ बिहीबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।