‘आईसीसी स्पिरिट अफ क्रिकेट’को अवार्ड आशिफ शेखलाई (भिडियो)
काठमाडौं : नेपाली विकेटकिपर आशिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेटको अवार्ड जितेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले बिहीबार सन् २०२२ को स्पिरिट अफ क्रिकेट अवार्डको उपाधि शेखलाई दिइएको घोषणा गरेको हो।
उनी नेपालबाट आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जित्ने पहिलो नेपाली क्रिकेटर हुन्।
किन जिते अवार्ड?
सन् २०२२ को फेब्रुअरी १४ मा ओमानमा भएको नेपाल र आयरल्याण्डबीचको टी–२० खेलमा आयरल्याण्डका खेलाडीलाई आउट नगरेपछि उनी यो अवार्डको मनोनयनमा परेका थिए।
आईसीसीले उक्त मोमेन्टको भिडियोसमेत आफ्नो सामािजक सञ्जालमा राखेको थियो जसलाई करोडौं दर्शकले मन पराएका थिए।
नेपाली खेलाडी कमलसिंह ऐरीसँग ठक्कर खाएर आयरल्याण्का ब्याट्सम्यान मार्क अडायर लडेका थिए। उनी लडेपछि उडेर विकेटर्फ जाँदै गर्दा विकेटकिपर आशिफको हातमा बल आइसकेको थियो। तर, उनले अडायरलाई आउट गरेनन्।
यद्यपि उक्त खेलमा नेपाल पराजित भएको थियो। आयरल्याण्डले २० ओभरमा १२७ रन बनाएको थियो भने त्यसलाई पछ्याएको नेपाल भने २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाएको थियो। यो खेल आयरल्याण्डले १६ रनले जितेको थियो।
A heart-warming #SpiritOfCricket moment from Nepal's wicket-keeper Aasif Sheikh 👏
— ICC (@ICC) February 16, 2022
Follow the upcoming T20 World Cup Qualifier A live on @FanCode and https://t.co/CPDKNxoJ9v (in select regions).
All you need to know 👉 https://t.co/XQgeYSj7Z7 pic.twitter.com/1JoX7qRube
माघ १२, २०७९ बिहीबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।