प्रचण्डलाई बधाई दिएर सकियो माओवादी केन्द्रको बैठक, राष्ट्रपति निर्वाचनबारे छलफलै भएन
काठमाडौं : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएर माओवादी केन्द्रको बिहीबारको स्थायी कमिटी बैठक सकिएको छ।
बैठकपछि सञ्चारकर्मीमाझ बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकले पार्टीको नेतृत्त्वमा सरकार बनेकोमा प्रधानमन्त्रीलाई बधाई दिएको जानकारी दिए।
यस्तै बैकठमा अध्यक्षबाट संक्षिप्त प्रतिवेदन, पार्टी एकता, संगठन विस्तार र समीक्षाबारे छलफल भएकोसमेत उनले जानकारी गराए।
बैठकले उपमहासचिव वर्षमान पुनको स्वास्थ्यलाभको कामना गर्दै यती एयरलाइन्स र अन्य दुर्घटनामा मृत्यु भएकाहरूप्रति दुःख व्यक्तसमेत गरेको छ।
राष्ट्रपतिको निर्वाचन र पदाधिकारी थप गर्ने विषयमा बैठकमा छलफल नै नभएको उनले बताए।
भोलि विहान ११ बजे बैठक पुनः बस्नेछ।
माघ १२, २०७९ बिहीबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।