दुई वर्षदेखि निलम्बित ट्रम्पकाे फेसबुक र इन्स्टा आइडी फिर्ता गरिने

दुई वर्षदेखि निलम्बित ट्रम्पकाे फेसबुक र इन्स्टा आइडी फिर्ता गरिने

एजेन्सी : डोनाल्ड ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्कन लागेका छन्।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको कम्पनी मेटाले विगत दुई वर्षदेखि निलम्बित उनका खाताहरू पुनःस्थापना गर्ने घोषणा गरेको हो।

सामाजिक सञ्जाल कम्पनीले खाताहरू आगामाी साता पुनर्स्थापित गरिने बताएको छ।

सन् २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र इन्स्टाग्रामले ट्रम्पको खाता अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

‘ट्रम्पले हिंसा गर्ने मानिसहरूको प्रशंसा गरेकाले’ कम्पनीले यो निर्णय गरेको मेटाका मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले एक विज्ञप्तिमार्फत जानकारी गराए।

उनले भने, ‘असामान्य अवस्थामा लिइएको यो असाधारण निर्णय हो।’

माघ १२, २०७९ बिहीबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।