झिनो गिरावट आएर बन्द भयो शेयर बजार, यी चार कम्पनीमा सर्किट

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा झिनो गिरावट आएको छ।
बिहीबार दिनभर उतारचढाव भएको नेप्से अन्त्यमा ०.३५ अंकले घटेर २१८३.२७ विन्दुमा आइपुग्दा क वर्गको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १.११ अंकले घटेर ४१३.१३ विन्दुमा छ।
बजार घटे पनि कारोबार भने लगभग ३ अर्बको भयो। २५४ कम्पनीको ७७ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा यसदिन २ अर्ब ८६ करोडको कारोबार भएको छ।
आज १३ मध्ये सात उपसूचक समूहको कारोबार राताम्मे हुँदा बाँकीमा हरियाली छ। सबैभन्दा बढि निर्जीवन बीमा समूहको शेयरमा १.४९ प्रतिशतले वृद्धि भएको छ।
बजार घटे पनि यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। लुम्बिनी जनर इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर र सूर्यज्योति लाइफ इन्स्योरेन्समा आज सर्किट लागेको हो।
कारोबारको हिसाबले आज सबैभन्दा बढि समृद्धि फाइनान्स पहिलो हुँदा दोस्रोमा रिदी पावर कम्पनी छ।
माघ १२, २०७९ बिहीबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।