रुसविरुद्ध लड्न बख्तरबन्द गाडी छिटो पठाउन युक्रेनी राष्ट्रपतिको आग्रह

रुसविरुद्ध लड्न बख्तरबन्द गाडी छिटो पठाउन युक्रेनी राष्ट्रपतिको आग्रह

एजेन्सी: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध लड्न बख्तरबन्द गाडी पठाउने निर्णय गरेकोमा पश्चिमा मुलुकका नेतालाई धन्यवाद व्यक्त गरेका छन्। यद्यपि ती बख्तरबन्द गाडी छिटो पठाउन उनले आग्रह गरेका छन्।

गए रातिको एक सम्बोधनमा उनले पश्चिमा मुलुकलाई लामो दूरीको क्षेप्यास्त्र र लडाकू विमान पठाउन पनि आग्रह गरेका छन्। अमेरिका र जर्मनीले 'अब्राम्स' र 'लियोपार्ड' नामका दुई बख्तरबन्द पठाउने घोषणा गरेपछि जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्।

यता रुसले भने अमेरिका र जर्मनीको घोषणालाई 'निर्लज्ज उक्साहट'को संज्ञा दिएको छ। यस्तै युक्रेनमा पठाइएको जुनसुकै बख्तरबन्द गाडी ध्वस्त पार्ने चेतावनी दिएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भनेका छन्- ' यी (अमेरिका र जर्मनीले पठाउने बख्तरबन्द)हरू अरू जस्तै जलाइनेछ। यी केवल महँगा मात्र हुन्।'

युक्रेनले लामो समयदेखि हतियार पठाउन पश्चिमा मुलुकसँग आग्रह गरिरहेको छ।

माघ १२, २०७९ बिहीबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।