आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

तीन दिनअघि मैले दक्षिण भारतीय फिल्म 'गोड्से' हेरेको थिएँ। यस फिल्मबारे चर्चा गर्न मलाई खासै मन थिएन। तर भर्खरै नेपालमा जुन त्रासदीपूर्ण घटना भयो, प्रेमप्रसाद आचार्य नामका एक जना उद्यमीले जसरी भ्रष्ट सिस्टम र त्यसद्वारा सिर्जित पात्र र प्रवृत्तिहरूबाट पाइला-पाइलामा लुटिएर, ठगिएर, कङ्गाल भएर अन्ततः आफैँलाई सिध्यायो, त्यसले मलाई भित्रदेखि विचलित बनायो। 

अनि, भर्खरै हेरेको फिल्म 'गोड्से' को झलझली सम्झना आयो। आँखाको वरिपरि 'गोड्से' कै दृश्यहरू नाचिरहे।

प्रेम आचार्यको आत्मदाह र 'गोड्से'को मूल घटनाको आधारभूत धरातल एउटै देखिन्छ। 

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा छाडेर स्वदेश आउँछ।

विश्वनाथले मन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई भेट्छ तर कसैले उसको काम गरिदिँदैन। किनभने यो लुटतन्त्रमा उनीहरू पनि हिस्सेदार हुन्छन्।

स्वदेशका नेता-मन्त्रीले पनि उसलाई उद्योग खोल्न हौसाउँछन्।

उसले पनि अनुमति लिएर काम थाल्छ। तर पूर्वाधार खडा गर्न ६ सय करोड लगानी गरिसकेपछि, आधा काम सम्पन्न भइसकेपछि तिनै नेता-मन्त्रीले अनुचित माग राख्न थाल्छन्। 

निर्माणमा आफ्नो उद्योगको सिमेन्ट प्रयोग गर्न भन्छन्। र, उक्त सिमेन्ट उद्योगमा लगानी गर्न भन्छन्। तर जब विश्वनाथले साथीहरूलाई नेताको उद्योग अनुगमन गर्न पठाउँछ, त्यहाँ कुनै उद्योग नै हुँदैन। 

फिल्म गोड्सेका पात्र विश्वनाथ रामचन्द्र

खासमा त्यो उद्योग कागजमा मात्र हुन्छ। कागजमा सीमित उद्योगमा उनीहरू सय करोड लगानी गर्न भनिरहेका हुन्छन्।

विश्वनाथले लगानी गर्न अस्वीकार गर्छ। उनीहरूको अनुचित मागको अगाडि झुक्न मान्दैन। 

इमानदारीपूर्वक उद्योगको काम गर्न खोज्छ। तर उनीहरू अनेक नोटिसहरू पठाएर 'उसको काम नियमसङ्गत छैन' भनेर निर्माणको काम नै  रोकिदिन्छन्। 

विश्वनाथले मन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई भेट्छ तर कसैले उसको काम गरिदिँदैन। किनभने यो लुटतन्त्रमा उनीहरू पनि हिस्सेदार हुन्छन्।

विश्वनाथ झुक्न नमानेपछि उनीहरूले विश्वनाथको उद्योगको निर्माणाधीन संरचनालाई जलाइदिन्छन्। विश्वनाथको श्रीमतीको हत्या गरिदिन्छन्।

प्रेम आचार्य र विश्वनाथ रामाचन्द्रको भोगाई उस्तै हो। दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्रहरू हुन्। दुवैले भोगेको समस्या उही हो। 

दुवैले सिस्टम भ्रष्ट भएका कारण, सिस्टमका सञ्चालकहरू भ्रष्ट भएका कारण आफ्नो सपना पूरा गर्न नसकेका हुन्। दु:ख-सास्ती पाएका हुन्। टाँट पल्टेका हुन्। केवल उनीहरूको परिणाम भिन्न देखिन्छ।

मुख्यमन्त्रीसहितका ती भ्रष्टहरूका विरुद्ध सप्रमाण गर्भनरकहाँ उजुरी गर्न गइरहेका विश्वनाथसहित उसका साथीहरू चढेको गाडीलाई टिपरले हानेर  दुर्घटना गराइन्छ। भीरबाट खसाइन्छ। 

उक्त दुर्घटनामा विश्वनाथबाहेक सबैको ज्यान जान्छ। अब विश्वनाथ घातक 'गोड्से' बन्छ। जबरदस्त ढङ्गले यी भ्रष्टहरूसँग बदला लिन्छ।

प्रेम आचार्य र विश्वनाथ: भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र
प्रेम आचार्य र विश्वनाथ रामाचन्द्र दुवैको जीवनको त्रासदी र उनीहरूको भोगाइले 'देशमै केही गर्छु' भनेर आएका उद्यमीहरूलाई भ्रष्ट सिस्टम र  त्यसभित्रका पात्र एवं प्रवृत्तिले कसरी भाँजो हाल्छ, कसरी उनीहरूलाई दु:ख-सास्ती दिन्छ, कसरी उनीहरूलाई काम गर्न दिइँदैन भन्ने कुरालाई देखाउँछ। यो भ्रष्ट सिस्टमभित्र देशमै केही गर्छु, देशमै उद्योग खोल्छु, रोजगार सिर्जना गर्छु भन्नेहरूलाई कति गाह्रो छ भन्ने सत्य देखाउँछ।

प्रेम आचार्य र विश्वनाथ रामाचन्द्रको भोगाई उस्तै हो। दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्रहरू हुन्। दुवैले भोगेको समस्या उही हो। 

आत्मदाह गरेका प्रेमप्रसाद आचार्य

दुवैले सिस्टम भ्रष्ट भएका कारण, सिस्टमका सञ्चालकहरू भ्रष्ट भएका कारण आफ्नो सपना पूरा गर्न नसकेका हुन्। दु:ख-सास्ती पाएका हुन्। टाँट पल्टेका हुन्। केवल उनीहरूको परिणाम भिन्न देखिन्छ।

प्रेम आचार्य र विश्वनाथले त्यसपछि जे कदम चाल्छन्, त्यसमा भिन्नता छ। प्रेम आचार्यले चालेको कदम अत्यन्त दुःखद् र भयावह छ। भयावह भए पनि यथार्थ त्यही हो। 

आम जनताले विश्वनाथले चालेको जस्तो कदम चाल्नै सक्दैन, केवल प्रेम आचार्यले चालेको जस्तो कदम मात्र चाल्न सक्छ। ऊ नेता-मन्त्रीहरूलाई मार्न सक्दैन, बरू आफैँ मरिदिन सक्छ। उनीहरूलाई आगो लगाउन सक्दैन बरू आफैँलाई आगो लगाउन सक्छ। उनीहरूलाई चोट पुर्याउन सक्दैन, बरू आफैँलाई चोट पुर्याउन सक्छ। आफैँले आफ्नो इहलीला समाप्त पार्न सक्छ। यही सत्य हो।

तर विश्वनाथले चालेको कदम त पूरै 'फिल्मी' छ। विश्वनाथले जे गर्छन्, त्यो  हेर्दा घतलाग्दो र चित्तबुझ्दो देखिन्छ। 

यसले दर्शकहरूको मन त जित्छ, तर वास्तविक जीवनमा कसैले पनि विश्वनाथले गरे जस्तो गर्न सक्दैन। हामी जस्तो सर्वसाधारणले गर्न सम्भव नै छैन।

विश्वनाथले सरकारको सम्पूर्ण इन्टेलिजेन्स, सम्पूर्ण सुरक्षा निकायलाई चक्मा दिएर, तिनीहरूलाई बमले उडाएर, सरकारको सुरक्षा घेरालाई तोडेर, मन्त्री लुकेको गोप्य स्थानसम्म पुगी मन्त्रीसहित त्यहाँ भएका सबैलाई आत्मघाती बम बिस्फोटद्वारा उडाइदिन्छ।

वास्तविक जीवनमा कसले यस्तो गर्न सक्छ? कसैले पनि सक्दैन।

आम जनताले विश्वनाथले चालेको जस्तो कदम चाल्नै सक्दैन, केवल प्रेम आचार्यले चालेको जस्तो कदम मात्र चाल्न सक्छ। ऊ नेता-मन्त्रीहरूलाई मार्न सक्दैन, बरू आफैँ मरिदिन सक्छ। उनीहरूलाई आगो लगाउन सक्दैन बरू आफैँलाई आगो लगाउन सक्छ। उनीहरूलाई चोट पुर्याउन सक्दैन, बरू आफैँलाई चोट पुर्याउन सक्छ। आफैँले आफ्नो इहलीला समाप्त पार्न सक्छ। यही सत्य हो।

सत्य के हो भने जनता अन्यायमा परेका छन्। शोषणमा परेका छन्। उत्पीडनमा परेका छन्। तर उसले न्याय पाइरहेका छैनन्। जनता न्याय चाहन्छन् तर राज्य वा सरकार न्याय दिन सकिरहेको छैन। 

जनतामा न्यायको तृष्णा छ। फिल्महरूले जनताको त्यो तृष्णालाई मेटिदिन्छ- फिल्ममा आम जनताले, नायकले न्याय पाएको देखाएर। उसले जितेको देखाएर। उसले बदला लिएको र उत्पीडकहरूलाई सिध्याएको देखाएर।

यसरी राज्यको बेथिति, विसङ्गति, भ्रष्टाचार र अन्यायबाट सिर्जित आक्रोश र बदलाको भावनालाई फिल्महरूले भजाउँछ। उनीहरूको सेन्टिमेन्ट्सलाई दोहन गर्छ। 

नायकको ठाउँमा आफूलाई राख्छन् र आफूले आफ्ना उत्पीडकहरूलाई पिटेको, मारेको, बमले उडाएको, सबक सिकाएको ठान्छन्। अनि आत्मसन्तुष्टि लिन्छन्। यसरी फिल्म उनीहरूको 'डिफेन्स मेकानिज्म' बन्ने गरेको छ। मानसिक ओखती बन्ने गरेको छ।

'गोड्से' ले यही गरेको छ- जनताको भावनाको दोहन। 

उत्पीडितको 'डिफेन्स मेकानिज्म'
सिस्टमबाट पिल्सिएको जनता सिस्टमबाट आहत भएका हुन्छन् तर उनीहरू सिस्टमको केही बिगार्न सक्दैनन्। उनीहरू उत्पीडकहरूको केही बिगार्न सक्दैनन्। 

त्यसैले, फिल्ममा नायकले उत्पीडकहरूसँग बदला लिएको, उनीहरूलाई मारेको, काटेको, बमले उडाएको दृश्यहरू हेर्न पाउँदा मख्ख पर्छन्, आनन्दित हुन्छन्। 

आफूले बदला लिन सक्दैनन्, अनि सिनेमामा नायकले बदला लिँदा आफूले बदला लिएको ठान्छन्। 

नायकको ठाउँमा आफूलाई राख्छन् र आफूले आफ्ना उत्पीडकहरूलाई पिटेको, मारेको, बमले उडाएको, सबक सिकाएको ठान्छन्। अनि आत्मसन्तुष्टि लिन्छन्। यसरी फिल्म उनीहरूको 'डिफेन्स मेकानिज्म' बन्ने गरेको छ। मानसिक ओखती बन्ने गरेको छ।

ठीकै हो, मान्छेलाई फ्रस्ट्रेशन पोख्ने उपाय पनि चाहिन्छ, नैराश्य र आक्रोशलाई तिरोहित गर्ने माध्यम पनि चाहिन्छ। 

'गोड्से' जस्ता फिल्महरू त्यो उपाय वा माध्यम बनेका छन्। यस्ता सिनेमाहरूको प्रयोजन वा औचित्य सायद यति नै हो। 

सतहबाट हेर्दा 'गोड्से' जस्ता फिल्महरूले क्षणिक रूपमा आक्रोशलाई तिरोहित गर्न र मनलाई शान्त पार्न मद्दत गरे पनि आधारभूत रूपमा यी फिल्महरू पलायनवादी सिनेमा नै हुन् जसले संगठित संघर्षबाट मानिसलाई टाढा राख्छन्। अथवा, संघर्षदेखि उनीहरूलाई पलायन गराउँछन् र स्वैरकल्पनाको अफिम चटाएर चिरनिद्रामा सुताइराख्छन्। 

यसले दिने आनन्द वा शान्ति घाउ दुख्दा दिएको मर्फिनको इन्जेक्शन जस्तो मात्र हो। जसले दुखाइलाई तत्काल हराइदिन्छ तर वास्तविक चोट वा घाउको अवस्था भने उस्तै रहन्छ। 

त्यो चोट वा घाउमा औषधिको कुनै असर हुँदैन। त्यो औषधिले घाउ निको पार्दैन।

जब ऊ सत्य र न्यायको लागि हतियार उठाउने विद्रोही बन्छ वा विद्रोहको विम्ब बन्छ तब आफ्नो नाम पनि 'गोड्से' राख्छ। 

यसले 'गोड्से (नथुराम गोड्से) सत्य र न्यायको लागि हतियार उठाउने विद्रोही थिए। उनी गलत थिएनन् बरू उत्पीडनमा परेर, सत्ताधारीहरूद्वारा सताएर, अन्याय गरेर उनको सामु कुनै उपाय बाँकी नरहेपछि उनले विद्रोह गरेका थिए' भन्ने सन्देश प्रवाह गर्छ।

फिल्ममा 'गोड्से' को जुन विम्बलाई प्रयोग गरिएको छ, त्यो चाहिँ मलाई अनुचित लाग्यो। किनभने यो विम्बले यस फिल्मले देखाएको सत्यवादी न्यायवादी पात्र, फिल्मको नायकलाई सिधै गोड्सेसँग जोड्छ, त्यसो भएको हुनाले गान्धी पक्षधर उसको विपक्षमा रहेका दुष्ट-भ्रष्टहरू देखिन्छन्। 

यो कुरालाई अझ छर्लङ्गसँग देखाउन फिल्ममा एउटा प्रसङ्ग राखिएको छ। जसमा सानोमा विद्यालयमा नाटक मञ्चन गरिँदा विश्वनाथ नाटकमा गोड्से बन्छ तर जब गान्धीमाथि उसले गोली चलाउने बेला आउँछ, ऊ गोली चलाउन सक्दैन। 

सबैले उसलाई गोली चलाऊ भन्दा पनि ऊ गोली चलाउन नसकेर 'म गान्धीमाथि गोली चलाउन सक्दिनँ' भन्दै मञ्चबाट भाग्छ।

तर पछि उसलाई खलपात्रहरूमाथि गोली चलाएको देखाइन्छ। गोली चलाउनुअघि 'गोली चला गोड्से, गोली चला' को ध्वनि पृष्ठभूमिमा बज्छ। 

यति मात्र होइन, जब ऊ विध्वंशक बन्छ, तब आफ्नो नाम विश्वनाथबाट बदलेर 'गोड्से' राख्छ। 

अर्थात्, जब ऊ सत्य र न्यायको लागि हतियार उठाउने विद्रोही बन्छ वा विद्रोहको विम्ब बन्छ तब आफ्नो नाम पनि 'गोड्से' राख्छ। 

यसले 'गोड्से (नथुराम गोड्से) सत्य र न्यायको लागि हतियार उठाउने विद्रोही थिए। उनी गलत थिएनन् बरू उत्पीडनमा परेर, सत्ताधारीहरूद्वारा सताएर, अन्याय गरेर उनको सामु कुनै उपाय बाँकी नरहेपछि उनले विद्रोह गरेका थिए' भन्ने सन्देश प्रवाह गर्छ।

सानो छँदा पनि विश्वनाथको पृष्ठभूमिमा 'गोली चला गोड्से, गोली चला' भन्ने ध्वनि बजिरहेको थियो। तर उसले गान्धीमाथि गोली चलाउन सकेन। 

किनभने, ऊ त्यसबेला गान्धी (राज्य, संस्थापन)लाई आदर गर्थ्यो। 'गान्धी गलत हुन सक्दैनन्' भन्ने उसको विश्वास थियो। 

तर, पछि उसले जुनूनका साथ गोली चलाएको देखाइएको छ। अर्थात् 'गान्धी महान् हुन्, सत्यावादी हुन्' भन्ने उसको विश्वास टुट्यो। 

ऊ आफूमाथि अन्याय गर्ने खलपात्रहरू, सैद्धान्तिक रूपमा भन्नुपर्दा राज्यको संस्थापन पक्षलाई गान्धी देख्छ, आफूमाथि अत्याचार गर्नेहरूलाई गान्धी देख्छ र उनीहरूमाथि गोली चलाउँछ। 

यसरी उसलाई सताउने, उत्पीडन गर्ने दुष्ट-भ्रष्टहरू नै उसको लागि गान्धीको प्रतिविम्ब बनिदिन्छ। 

विम्बको यो प्रयोग ठ्याक्कै आरएसएसवादी (संघी हिन्दूवादी) लाइनबाट गरिएको छ जसले अहिले भारतमा चलिरहेको दक्षिणपन्थी धार्मिक हिन्दू लोकप्रियतावादी लहरसँग सामञ्जस्य राख्छ। 

तर, अर्को (संव‌ैधानिक, भारतको मूल ऐतिहासिक धार) दृष्टिकोणबाट हेर्दा चाहिँ विम्बको यो प्रयोग 'प्रब्लम्याटिक' देखिन्छ।

माघ १२, २०७९ बिहीबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।