आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन
काठमाडौं: आज माघ शुक्ल पञ्चमी। आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ।
वसन्तोत्सवको प्रारम्भ आजकै दिनदेखि हुने विश्वास गरिन्छ। कुनै पनि ऋतु आउनुभन्दा ४० दिन पहिले त्यो ऋतुको गर्भकाल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। आजको दिन वसन्त ऋतुले गर्भबास गर्ने भएका हुनाले नै यो दिनलाई वसन्तोत्सवको रूपमा मनाउने गरिएको शास्त्रीय विश्वास रहेको छ।
यस्तै वैदिक सनातन धर्मावलम्बीहरूले आजकै दिन विद्याकी देवी सरस्वतीको पूजा तथा आराधना गर्ने गर्दछन्। आजको दिन अक्षरारम्भ गर्ने चलन पनि छ।
आजको दिनलाई ‘श्रीपञ्चमी’ भनेर पनि सम्बोधन गरिन्छ। कुनै पनि शुभ कार्यको सुरुआतको लागि आजको दिन राम्रो साइत हुने विश्वास गरिन्छ।
माघ १२, २०७९ बिहीबार ०७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।