पाँच वर्षमा पर्वत जिल्लाका सबै स्थानीय तहमा अस्पताल बनाउने स्वास्थ्यमन्त्रीको दाबी

पाँच वर्षमा पर्वत जिल्लाका सबै स्थानीय तहमा अस्पताल बनाउने स्वास्थ्यमन्त्रीको दाबी

पर्वत : स्वास्थ्यमन्त्री पदम गिरीले पर्वत जिल्लाका सात वटै स्थानीय तहमा ५ वर्षभित्रमा सुविधा सम्पन्न अस्पताल खोल्ने घोषणा गरेका छन्। उनले ५ वर्षभित्रमा सात वटै पालिकामा अस्पताल, डाक्टर, नर्स र ल्याब हुने दाबी गरे।

पर्वत महोत्सवमा बोल्दै उनले कोही पनि उपचार नपाएर मर्ने अवस्था नरहने समेत बताए।

‘फेरि स्वास्थ्य मन्त्रीले आफ्नो जिल्लाको मात्रै हेर्यो भन्ने पर्ला। त्यस्तो होइन। ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेछौँ' उनले भने।

एक जनाले दिउँसै आफ्नो शरीरमा आगो लगाएर मृत्युवरण गरेको घटनाले देशभर सनसनी मच्चिएको भन्दै उनले आत्महत्यालाई राम्रो मान्न नसकिए पनि अर्थतन्त्र कति जर्जर भएको छ भन्ने पाटो देखाएको बताए।

'बैङ्कमा गयो, बैङ्कले लगानी गर्दैन। तरलताको अभाव छ। ७ प्रतिशतमा लिएको ऋण १४ –१६ प्रतिशतसम्म बढेको छ। बैङ्कले पैसा नदिएपछि, समयमा ब्याज तिर्न नसकेपछि मिटरब्याजीसँग पैसा लिएर कारोबार गर्नुपरेको छ' उनले भने।

माघ ११, २०७९ बुधबार २२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।