डुङ्गा डुब्दा विद्यालय जाँदै गरेका आठ बालबालिकाको मृत्यु

डुङ्गा डुब्दा विद्यालय जाँदै गरेका आठ बालबालिकाको मृत्यु

एजेन्सीः घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रमा रहेकाे भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार आठ बालबालिकाको मृत्यु भएको छ।

डुङ्गा चढेर विद्यालय जान लागेका २० विद्यार्थीमध्ये आठ जनाको मृत्यु भएको हाे। यी मध्ये पाँच जना केटा र तीन केटीहरु रहेका छन्।

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको थियाे। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

माघ ११, २०७९ बुधबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।