दर्ता नगरी चलाइएका क्रसर उद्योग बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैंः सरकारले दर्ता नगरी चलाइएका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेकाे बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई भने असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्न दिने निर्णय गरेकाे छ।
क्रसर उद्योग संचालनमा नआएका कारण विकास निर्माणका काममा प्रभाव परेकाले सरकारले असार मसान्तसम्मकाे सयम दिएर कर तिर्न र क्रसर चलाउन अनुमति दिएकाे हाे।
माघ ११, २०७९ बुधबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।