प्रेमप्रसादकाे आत्मदाह पछि सरकारकाे आँखा खुल्याे, उनले उठाएका विषयमा छानबिन गरिने
काठमाडौंः प्रेमप्रसादले आत्मदाह गरेपछि सरकारकाे आँखा खुलेकाे छ। सरकारले मंगलबार (हिजाे) आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विभिन्न विषयमा छानबिन गर्ने निर्णय गरेको छ।
बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेकाे हाे। छानबिनका लागि गृह मन्त्रालयलाई जिम्मा दिइएको छ।
गृहमन्त्री रवि लामिछानेका अनुसार प्रेमप्रसादले उठाएका विषयमा गृह मन्त्रालयले छानबिन गरेर आवश्यक कदम चाल्ने निर्णय सरकारले गरेकाे छ।
प्रेमप्रसादले फेसबुकमा लामो स्टाटस लेख्दै विभिन्न विषयमा छानबिन गर्नुपर्ने माग सहित मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका थिए। यसपछि उपचारका क्रममा बुधबार उनकाे मृत्यु भएको थियो।
माघ ११, २०७९ बुधबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।