राखेपकाे छानबिन समितिले देखायाे सेभेन थ्री स्पोर्टससँगकाे साझेदारीमा क्यानकै गल्ती

राखेपकाे छानबिन समितिले देखायाे सेभेन थ्री स्पोर्टससँगकाे साझेदारीमा क्यानकै गल्ती

काठमाडौंः नेपाल टी–२० लिगकाे विवादका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेकाे छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझाएको छ।

बुधबार राखेप सदस्यसचिव टंक लाल घिसिङले प्रतिवेदन बुझेका हुन्।

उक्त छानबिन समितिले नेपाल टी–२० लिगकाे आयोजनाको लागि क्यानले सेभेन थ्री स्पोर्टससँग गरेकाे साझेदारीमा नै गल्ती देखाएकाे छ।

क्यानले याे लिग गर्नका सेभेन थ्री स्पोर्टस नामक कम्पनीसँग व्यावसायिक र रणनीतिक साझेदार रहने गरी सम्झौता गरेको थियो। सेभेन थ्री स्पोर्टस विवादमा रहेकाे भारतीय कम्पनी हाे।

प्रतिवेदनले क्यानले सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ अनुसार विदेशी कम्पनीलाई साझेदार बनाउनु अघि नियामक निकायसँग सहमति नलिएकाे देखाएकाे छ।

यस विषयमा क्यानले सहमति नलिइकन सम्झौता गरेकाेमा प्रतिवेदनले क्यानकाे गल्ति देखाएकाे छ।

माघ ११, २०७९ बुधबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।