आर्डनले पद त्याग गरेका कारण उनकै साथी हिप्किन्स बने न्युजिल्याण्डकाे नयाँ प्रधानमन्त्री
एजेन्सीः क्रिस हिप्किन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बनेका छन्। ४४ वर्षीय हिप्किन्सले बुधबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।
श्रमिक परिवारको पृष्ठभूमिका हिप्किन्स प्रधानमन्त्रीको पद त्यागेकी जसिन्डा आर्डनकै २० वर्ष पुराना साथी हुन्।
राष्ट्रको कार्यकारी प्रमुखको उत्तरदायित्व औपचारिक रूपमा बहन गरेसँगै उनले आफूमाथि सबैभन्दा ठूलो दायित्व थपिएकाे बताएका छन्।
प्रधानमन्त्री हिप्किन्सले यसअघि करिब दुई वर्ष कोभिड नियन्त्रणका निम्ति मन्त्रीका रूपमा निर्वाह गरेकाे भूमिकाको सर्वत्र प्रशंसा भएको थियो।
माघ ११, २०७९ बुधबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।