फिलिपिन्समा वायुसेनाको विमान धान खेतमा खस्याे, प्रशिक्षण उडान गरिरहेका दुवै चालककाे मृत्यु
एजेन्सीः प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एक विमान दुर्घटना भएकाे छ। दुर्घटनामा चालक दलका दुई जना सदस्यको मृत्यु भएको बताइएकाे छ।
दुर्घटनास्थल पुगेका प्रहरीका अनुसार राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धान खेतमा विमान खसेको थियाे।
त्यस विमानमा रहेका दुवै जना चालकको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्।
वायु सेनका प्रवक्ताले भने विज्ञप्तिमा विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्।
माघ ११, २०७९ बुधबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।