सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि, काराेबार रकम पनि बढ्याे

सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि, काराेबार रकम पनि बढ्याे

काठमाडाैंः नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १०.३७ अङ्कले बढेर २१८३.६२ अङ्कमा कायम हुँदा लगातार दाेस्राे दिन सेयर बजारमा उछाल देखिएकाे हाे।

बुधबार २६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता सेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री भयाे।

यसदिन तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ। मंगलबारकाे तुलाना बुधबार काराेबार रकम पनि बढेकाे हाे।

आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन्।

आज सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसदिन सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ।

माघ ११, २०७९ बुधबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।