राष्ट्रिय सभाको रिक्त पदमा नागरिकता उन्मुक्तिको पनि उम्मेदवारी, उम्मेदवार तीन जना
दाङ : रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमाले, काङ्ग्रेससँगै नागरिक उन्मुक्ति पार्टीले समेत उम्मेदवारी दर्ता गराएको छ। सत्ताधारी गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता गराएको हो।
सत्तारूढ दलको समर्थनमा एमालेका कुमार दसौदीले उम्मेदवारी दर्ता गराइसकेका छन्। कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिइसकेका छन्।
एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको एक पदमा माघ २५ गते निर्वाचन हुँदैछ।
माघ ११, २०७९ बुधबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।