आत्मदाह गर्ने प्रेमप्रसादकाे परिवारलाई भेटेर गृहमन्त्रीले भने- ‘वाक्क भएर नै राजनीतिमा आएका हौं’
काठमाडौंः गृहमन्त्री रवि लामिछानेले हिजाे (मंगलबार) आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन्। संसद भवन अगाडि आत्मदाह गरेका इलामका आचार्यकाे मृत्यु भैसकेकाे छ।
मृतकको परिवारलाई भेटेर उनले प्रेमप्रसादले उठाएका विषयहरुमा छानबिन गर्ने बताएका छन्। साथै उनले उठाएका यस्ता विषयहरुबाट वाक्क भएर नै आफूहरु राजनीतिमा आएका उल्लेख गरे।
यसअघि सामाजिक सञ्जालमार्फत लामिछानेले आचार्यको आत्मदाहको दोषी आफू भएको बताएका थिए। उनले नयाँ राजनीतिक दल र नेताको रूपमा आशा जगाउन नसक्नुले आफू दोषी भएको बताएका हुन्।
माघ ११, २०७९ बुधबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।