सुष्मा एसियन बक्सिङकाे फाइनलमा परजित, तर देशकाे लागि जितिन् ऐतिहासिक पदक
काठमाडौंः नेपाली बक्सर सुष्मा तामाङले एसियन बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन्।
थाइल्यान्डको बैङ्ककमा जारी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपकाे आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्मा पराजित भइन्।
उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै उनले स्वर्ण जित्ने माैका गुमाइन्। सुष्मालाई अंकका आधारमा ५–० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन्।
तर फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक हात पारेकी छन्।
नेपाली बक्सिङको इतिहासमा एसियाली च्याम्पियनसिपमा रजत पदक जित्ने उनी नै पहिलाे खेलाडी भएकाे नेपाल बक्सिङ संघले जनाएको छ।
यसअघि नेपालले एसियाली स्तरमा कास्य पदक मात्र जितेको थियो।
माघ ११, २०७९ बुधबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।