अमेरिकामा मंगलबार अर्काे गोलीकाण्ड, तीन जनाको हत्या

अमेरिकामा मंगलबार अर्काे गोलीकाण्ड, तीन जनाको हत्या

एजेन्सी : अमेरिकामा मंगलबार पनि अर्काे गोलीकाण्ड भएको छ।

अमेरिकाको वासिङटन राज्यको याकिमाकाे एक पसलमा गोली हानेर तीन जनाको हत्या गरेको समाचार संस्था सीएनएनले जनाएकाे छ।

पसलमा कुनै पनि विवाद नदेखिए पनि अकस्मात गोली हानेर पसलमा रहेका तीन जनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको छ।

पसलमा आएका व्यक्ति यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

गोली प्रहारपछि कार चलाएर फरार भएकाे हाे। केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्काे एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो।

माघ ११, २०७९ बुधबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।