मासिक १ लाख तलबको लोभ देखाएर आठ लाख ४० हजार ठगी, साहिल बस्नेत पक्राउ
काठमाडौं : क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेत रहेका छन्। उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बस्नेतमाथि वैदेशिक रोजगारीमा क्रोएसियाको प्रतिष्ठित कम्पनीमा मासिक १ लाख भन्दा बढि कमाइ हुने गरी फुडप्याकिङको काम लागइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट रकम ठगी गरेको आरोप छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।
माघ ११, २०७९ बुधबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।