काठमाडौंबाट धनगढीका लागि उडेकाे विमान नेपालगञ्जमा ल्याण्ड

काठमाडौंबाट धनगढीका लागि उडेकाे विमान नेपालगञ्जमा ल्याण्ड

काठमाडाैं राजधानी काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा ल्याण्ड गरिएकाे छ।

मौसम बिग्रिएपछि विमान बाँकेको नेपालगन्जमा ल्याण्ड गरेर ३ जना यात्रु बाेकेर काठमाडौं नै फर्किएको हाे।

काठमाडौंबाट धनगढीका लागि मंगलबार साँझ ५ बजेर १९ मिनेटमा उडेको नाइन एन-एनयू कलसाइनको विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा उत्रिएको थियो।

विमानमा सवार यात्रुमध्ये केहीलाई नेपालगन्जमै छाडेको थियो। उक्त विमान ७ बजेर ५८ मिनेटमा काठमाडौं नै फर्किएको छ।

विमानमा आएका ३ जना यात्रु पनि काठमाडौं फर्किएका छन्। धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र ३० मिनेट आकाशमै फन्को मारेर विमान नेपालगन्ज फर्काइएको बुद्ध एयर श्रोतले जनाएको छ।

बुद्ध एयर श्रोतले धनगढीमा उत्रन समस्या भएपछि नेपालगन्जमा अवतरण गरेको र यात्रुलाई सोधेर नै केहीलाई बसबाट धनगढी पठाइएको तथा ३ जनालाई भने फेरि राजधानी फर्काइएको बतायो।

तर उक्त विमानका कतिपय यात्रुले भने नेपालगन्जमा विमान उतारेपछि बुद्ध एयरका कर्मचारीले यात्रुहरूको बेवास्ता गरेको गुनासो गरेका छन्। उनीहरूले आफ्नै खर्चमा होटलमा बस्नुपरेको गुनासो गरेका छन्।

माघ ११, २०७९ बुधबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।