संसद भवन अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाए

संसद भवन अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाए

काठमाडाैंः नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

उनले आफ्नै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसर आत्मदाहको प्रयास गर्नेमा अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्य रहेका छन्।

यसपछि घाइते भएका इलामको पन्चकन्या ६ स्थायी घर भएका आचार्यलाई उपचारकाे लागि अस्पताल लगिएकाे छ।

यस घटनाकाे सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

माघ १०, २०७९ मंगलबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।