निर्मला कुर्मी प्रकरण र फरार सांसदकाे विषयमा केही दिनभित्र नै निर्णय हुन्छः गृहमन्त्री लामिछाने

निर्मला कुर्मी प्रकरण र फरार सांसदकाे विषयमा केही दिनभित्र नै निर्णय हुन्छः गृहमन्त्री लामिछाने

काठमाडौंः गृहमन्त्री रवि लामिछानेले फरार सांसद र निर्मला कुर्मी प्रकरणका विषयमा केही दिनभित्र नै निर्णय हुने बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले गृह मन्त्रालय प्रणाली सुधार गरेर सिस्टममा काम गर्न लागि परेकाले सबै विषयमा काम गर्न अलि समय लागेकाे बताए।

उनले भने, ‘हामी सिस्टममा काम गरिरहेका छाैं, चाहे क्रसरका विषयमा होस्, फरार सांसदका विषयमा होस् या आन्दोलनरत अधिकारकर्मीका विषयमा हुन्। गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर सबै विषयहरूमा काम गरिरहेको छ।’

‘तर नतिजा आउन समय किन लागिरहेकाे छ भने राज्यको संयन्त्रलाई चलाइएको छ। तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यसलाई ठीक पारेर सबै कुराहरुमा केही दिनभित्र नै निर्णयमा पुग्छौं,’ उनले थपे।

सांसद लक्ष्मी महतो कोइरी हत्या अभियोगमा फरार रहेका व्यक्ति हुन्। तर उनी हाल संसद बैठकमा सहभागी भइरहेकाले उनलाई पक्राउ गर्नुपर्ने माग उठिरहेकाे छ।

माघ १०, २०७९ मंगलबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।