मणि भएकाे सर्प किन्न भनेर एक ताेलाकाे सुनकाे गहना बुझाएपछि...

मणि भएकाे सर्प किन्न भनेर एक ताेलाकाे सुनकाे गहना बुझाएपछि...

दाङः दाङबाट मणिवाला सर्प हो भन्दै सर्प बेचेर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३५ वर्षीय मोहमद सलमान करिब १ तोला सुनको गरगहना र नगद १ हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका हुन्।

उनलाई लमही नगरपालिका-९ जलकुम्भीबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

उनले बाँके राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई मणिवाला सर्प हो भनेर सामान्य सर्प भिडाएर उक्त धनमाल ठगी गरेको खुल्न आएकाे छ।

पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो। 

प्रहरीले सलमानसँग आएका तर हाल फरार रहेका अन्य २ जनाको खोजी कार्य जारी राखेकाे बताएकाे छ।

माघ १०, २०७९ मंगलबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।