१७ महिनामा अफगानी महिलामाथि तालिबानले लगाएका आठ ठूला प्रतिबन्ध

१७ महिनामा अफगानी महिलामाथि तालिबानले लगाएका आठ ठूला प्रतिबन्ध
तस्वीर- ईपीए

एजेन्सी : अगस्ट २०२१ मा, तालिबान अफगानिस्तानको सत्तामा फर्कियो।

त्यसपछिका पछिल्ला १७ महिनामा यहाँ महिला अधिकारहरू सीमित बन्दै गएक छन्। यसअघि ९० को दशकमा शासन गर्दाभन्दा यस पटक महिलाहरूप्रति राम्रो दृष्टिकोण अपनाउने वाचासमेत उनीहरूले गरेका थिए।

विगत १७ महिनामा कसरी महिला अधिकार खोसियो त अफगानिस्तानमा?

सेप्टेम्बर २०२१ः तालिबानले एक जना पनि महिला नेतृ नभएको अन्तरिम सरकार घोषणा गर्यो, जसले केटीहरूलाई माध्यमिक विद्यालयमा जान नदिने घोषणा गर्यो। सरकारी निकायमा काम गर्ने महिला कर्मचारीलाई पुरुष नभेटेसम्म घरमै बस्न भन्यो।

नोभेम्बर २०२१ः तालिबानले अफगानिस्तानमा टिभी कार्यक्रमहरूमा महिलाहरूलाई देखाउन प्रतिबन्ध लगायो।

डिसेम्बर २०२१ः तालिबानले महिलाहरूलाई सडकबाट लामो दूरीको यात्रा गर्न प्रतिबन्ध लगाउनुका साथै निश्चित दुरीभन्दा लामो यात्रा गनुपरे कुनै पुरुष साथीविना बाहिर निस्कन रोक लगायो।

मार्च २०२२ः लामो समय आलटालपछि जब विद्यालय खोलियो। तब तालिबानले आफ्नो वाचाबाट विमुख भएर केटीहरूलाई माध्यमिक विद्यालयमा जान पूर्ण रूपमा प्रतिबन्ध लगायो।

मे २०२२ः महिला र केटीहरूलाई दुई दशकपछि पहिलोपटक सार्वजनिक रूपमा हिजाब लगाउन र अनुहार ढाक्न आदेश दिइयो। मे महिनाको अन्त्यसम्ममा समाचार पढ्दा हिजाब लगाउने नियमको विरोध गर्ने महिला टिभी एन्करहरूलाई विशेष गरी हिजाब लगाउन छुट्टै आदेश दिइयो।

अक्टोबर २०२२ः तालिबानले युनिभर्सिटीमा महिलाहरूलाई धेरै विषयहरू अध्ययन गर्न प्रतिबन्ध लगायो।

नोभेम्बर २०२२ः काबुलको कुनै पनि पार्कमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइयो।

डिसेम्बर २०२२ः तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगायो।

माघ १०, २०७९ मंगलबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।