कैद तथा जरिवानाको फैसला भएर फरार रहेका ३३२ जना पक्राउ

कैद तथा जरिवानाको फैसला भएर फरार रहेका ३३२ जना पक्राउ

बाराः विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले साेमबार पक्राउ गरेको छ।

लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भए पनि कानुनी कारबाहीको दायराबाट भाग्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उनीहरू पक्राउ परेका हुन्।

जसमध्ये बैंकिङ कसूर मुद्दा, हातहतियार खरखजाना मुद्दा लगायतका मुद्दामा कैद तथा जरिवाना फैसला भएर फरार रहेका प्रतिवादीहरु मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ।

बाँकी भने जरिवाना भुक्तान गरी मुक्त भएका छन्। 

माघ १०, २०७९ मंगलबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।