अमेरिकामा अन्धाधुन्ध गाेली हानेर सात जनाकाे ज्यान लिएपछि बन्दुकधारीले गरे आत्मसमर्पण

अमेरिकामा अन्धाधुन्ध गाेली हानेर सात जनाकाे ज्यान लिएपछि बन्दुकधारीले गरे आत्मसमर्पण

एजेन्सीः अमेरिकाकाे क्यालिफाेर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा सात जनाकाे मृत्यु भएकाे छ। 

साेमबार उत्तरी क्यालिफाेर्नियाकाे हाफ मून बे शहरकाे दुई फरक ठाउँमा उनले गाेली प्रहार गरी सात जनाकाे ज्यान लिएका हुन्।

एसियालीहरूकाे बसाेबस रहेकाे क्यालिफाेर्नियाकाे माेनटेरी पार्कमा भएकाे एक अर्काे गाेलीकान्डमा ११ जनाकाे मृत्यु भएकाे २ दिन पनि नबित्दै याे अर्काे गाेलीकान्ड भएकाे हाे।

यस घटनामा संलग्न आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरिसकेकाे छ। घटनाकाे २ घण्टापछि नै उनी आफै प्रहरीकाेमा आत्मसमर्पणका लागि गएका थिए। 

आक्रमणकारी चावाे छुन्ली नाम गरेका ६७ वर्षिय स्थानीय रहेकाे बताइएकाे छ।

माघ १०, २०७९ मंगलबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।