मंगलबार १२ फागुन, २०८२
त्रिविका आन्तरिक टर्मिनल प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुँडाललाई नियन्त्रणमा लिएको हो।
घूस रिसवत लिएको विषयमा उनलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिए।
‘भर्खरै नियन्त्रणमा लिइएको हो। बाँकी विषयमा हामी प्रेश विज्ञप्ति जारी गर्नेछाैं’, भण्डारीले भने।
माघ ९, २०७९ सोमबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।