कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

काठमाडौं : संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ।

सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो।

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानूनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भन्दै प्रश्न उठेको थियो।

यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ।

माघ ९, २०७९ सोमबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।