कोटेश्वरको ग्रिनबेल्डमा हुर्कँदै गरेका रुखका बिरुवा प्रशासनले छिमल्यो
काठमाडौँ : कोटेश्वर क्षेत्रको रिङरोड क्षेत्रमा रहेको ग्रिनबेल्ट क्षेत्रमा हुर्कँदै गरेका रुखका बिरुवा काटिएको छ। सो क्षेत्रको सडक किनारामा हरियाली बढाउन रोपिएका बिरुवाहरू हुर्कँदै थिए। तर स्थानीय प्रशासनले बिरुवा हुर्कनै नसक्ने गरी छिमलेको हो।
ललितपुर महानगरपालिकाले एनसेलसँग सहकार्य गरेर रिङरोड क्षेत्रमा हरियाली बढाउन ग्रिनबेल्ड क्षेत्र तोकेको थियो। केही समय संरक्षण समेत गर्ने गरी एनसेलले ग्रिनबेल्ड क्षेत्रको संरक्षणको जिम्मेवारी लिएको थियो।
सोमबार स्थानीय प्रशासनले क्लोज सर्किट क्यामरा जडान गर्ने भन्दै हुर्कँदै गरेको बिरुवालाई हुर्कनै असर पर्ने गरी छिमलेको हो।
माघ ९, २०७९ सोमबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।