पाकिस्तानभरी विद्युत अवरुद्ध, समस्या समाधान गर्न १२ घण्टासम्म लाग्ने

पाकिस्तानभरी विद्युत अवरुद्ध, समस्या समाधान गर्न १२ घण्टासम्म लाग्ने

एजेन्सीः साेमबार पाकिस्तानभरी नै विद्युत अवरुद्ध भएको छ। देशैभर विद्युत अवरुद्ध भएपछि २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएकाे बताइएकाे छ। 

सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ। केही स्थानमा करिब तीन घण्टापछि बिजुली आएकाे छ भने देशैभर विद्युत सुचारु हुन १२ घण्टासम्म लाग्ने बताइएकाे छ।

देशैभर तीन घण्टाभन्दा लामो सयम विद्युत अवरुद्ध भएकाे विगत दुई वर्षमा याे दोस्रो पटक हो। विद्युत अवरुद्ध भएपछि राजधानी इस्लामावादसँगै कराँची र लाहाेर जस्ता ठूला शहरहरूमा पनि प्रभाव परेकाे छ।

पाकिस्तानको बिजुली वितरण प्रणाली निकै जटिल अवस्थामा रहेकाे मानिन्छ। जसले गर्दा ग्रिडको एक भागमा समस्या देखियाे भने देशभरी नै विद्युत प्रणालीमा असर गर्ने गर्छ।

माघ ९, २०७९ सोमबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।