टिकट दलाली भएकाे देखेपछि पर्यटनमन्त्रीले भने- ‘खान त खानु घिच्न त भएन नि!’
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको टिकट अनलाइनमा नपाइनेबारेमा चासो व्यक्त गरेका छन्।
निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले कडा रूपमा निगमको कार्यशैलीको आलोचना गर्दै दलाले टिकट बोकेर विमानस्थलमा पुगेकोमा कडा निर्देशन दिए।
‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ?,’ उनले भने ,‘मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि!’
एम महिना भित्र टिकेटको समस्या समाधान गर्न निर्देशन दिए । ‘जहाज समयमा उडोस्,’ उनले भने, ‘एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको रु ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।’
मन्त्री किरातीले हरेक दिन निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिँदै आफूलाई काम चाहिएको र काम नगर्ने हो भने राजीनामा दिन सुझाए।
राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरू हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए। उनले विगममा करार र ज्यालादारी कर्मचारी कति छन्? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको बताए।
माघ ९, २०७९ सोमबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।