निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छः अर्थमन्त्री पाैडेल
काठमाडाैंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन यस सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए।
उनले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरे।
महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्व बजारसम्म पुर्याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो।
नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब १९ करोड आठ लाख रुपैयाँ खर्च लाग्ने महासङ्घको अनुमान छ।
माघ ९, २०७९ सोमबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।