दोहोरो अंकले घट्यो सेयर बजार, यी पाँच कम्पनीमा ‘पोजेटिभ सर्किट’
काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
सोमबार नेप्से १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आइपुग्दा क वर्गको कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक २ अंकले घटेर ४१३.०१ विन्दुमा छ।
यस दिन १३ उपसूचक समूहमध्ये बैंक र म्युचल फण्ड समूह झिनो अंकले बढ्दा बाँकी समूह राताम्मे छन्।
बजार घटे पनि आजको कारोबार भने ३ अर्ब माथि नै रह्यो। २५७ कम्पनीका १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडको कारोबार भयो।
यस्तै, आज कुमारी बैंकमा लगानीकर्ता झुम्मिएका छन्। उक्त बैंकको शेयर कारोबार सबैभन्दा बढि २७ करोडको हुँदा दोस्रोमा रहेको एनआईसी एसिया बैंकमा लगानीकर्ताले १२ करोडको कारोबार गरेका छन्।
बजार घटे पनि आज पाँच वटा कम्पनीको शेयरमा सकरात्कम सर्किट लागेको छ। आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, समृद्धि फाइनान्सको शेयर आज १० प्रतिशतले बढेको हो।
माघ ९, २०७९ सोमबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।