‘कट्रिना कैफसँग बच्चा जन्माउने’ भनाइबारे कार्तिक आर्यनले दिए स्पष्टीकरण

‘कट्रिना कैफसँग बच्चा जन्माउने’ भनाइबारे कार्तिक आर्यनले दिए स्पष्टीकरण

एजेन्सी : बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला आफ्नो आगामी फिल्म ‘शहजादा’ को प्रमोशनमा व्यस्त छन्।

हालै रजत शर्माको लोकप्रिय शो ‘आप की अदालत’मा आफ्नो फिल्मको प्रमोशन गर्न उपस्थित कार्तिकले फिल्म उद्योगमा आफ्नो संघर्ष, करण जोहरसँगको सम्बन्ध र बक्स अफिसमा आफ्ना फिल्महरूको सफलताबारे खुलेर कुरा गरे।

यससँगै कार्तिक आर्यनले कट्रिना कैफको बारेमा आफ्नो विवादास्पद भनाइलाई पनि स्पष्ट पारेका छन्।

कार्यक्रममा रजत शर्माले कार्तिकलाई उनको एउटा टिप्पणीको विषयमा सोधे, जसमा उनले कट्रिना कैफसँग सन्तान जन्माउन चाहेको बताएका थिए।

रजत शर्माः एक ठाउँमा तपाईंले कट्रिना कैफको बारेमा ‘म उनीसँग बच्चा जन्माउन चाहन्छु’ भनी बयान दिनुभएको थियो नि?

कार्तिकः सर, मैले उनको विवाह नहुँदै धेरै वर्ष अगाडि भनेको थिएँ। अहिले त्यसलाई जसरी व्याख्या गर्न खोजिएको छ, त्यसरी भनिएको हैन। मलाई एक कार्यक्रममा विभिन्न विकल्प दिएर छान्न लगाइएको थियो। त्यसमा मैले उनको नाम लिएको हुँ।

रजत शर्माः नियत राम्रो थियो?
कार्तिकः मेरो नियत एकदम राम्रो थियो। त्यो एउटा रमाइलो प्रश्न थियो जसमा उत्तरका लागि दुईवटा विकल्प थिए। बच्चा जन्माउनको लागि राम्रो पार्टनर को हो भनेर मलाई सोधिएको प्रश्न थियो। विकल्पमा छान्दा मैले कट्रिना छानेको हुँ।

फिल्म ‘शहजादा’मा उनको अपोजिटमा कृति सेनन छिन्। रोहित धवनले निर्देशन गरेको फिल्ममा कार्तिक र कृतिका अलावा मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्।

भूषण कुमार, अल्लु अरविन्द, अमन गिल र कार्तिक आर्यनद्वारा निर्मित फिल्म आगामी फेब्रुअरी १० देखि प्रदर्शन हुँदैछ।

माघ ९, २०७९ सोमबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।