१२ यात्रु सवार भ्यानमा आगलागी हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु

१२ यात्रु सवार भ्यानमा आगलागी हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु

एजेन्सी : थाइल्याण्डमा एउटा भ्यानमा आगलागी हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।

यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा नाखोन रातचासीमा प्रान्तमा दुर्घटना भएको थाइल्याण्ड प्रहरीले जनाएको छ। दुर्घटना भएपछि कारमा आगो लागेको हो।

गाडी अमानत चारियोन प्रान्तबाट बैंकक जाँदै गरेको थियो। शनिबार राति नाखोन रातचासिमामा कार दुर्घटना भएको हो। गाडीमा जम्मा १२ जना सवार थिए।

रिपोर्टका अनुसार एक व्यक्ति भ्यानको झ्यालबाट बाहिर निस्किएपछि भ्यानमा विस्फोट भयो र त्यसमा आगो लाग्यो।

भ्यानमा फसेका बाँकी मानिस समयमै बाहिर निस्कन सकेनन्।

माघ ९, २०७९ सोमबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।