ब्राउनसुगरसहित तीन जना पक्राउ
काठमाडौं: झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको पाँच ग्राम ११० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो।
पक्राउ पर्नेमा अटो चालक २४ वर्षीय अजेय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन्।
पक्राउ परेका उनीहरूमाथि ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भइरहेको छ।
माघ ९, २०७९ सोमबार १२:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।