उपसभामुख राना दलीय आबद्धताबाट अलग
काठमाडौं: प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छिन्।
उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा सदस्य चयन भएकी रानाले आजै उपसभामुख पदको शपथ लिँदै छिन्। उनी गत माघ ७ गतेको बैठकबाट उपसभामुख निर्वाचित भएकी हुन्।
माघ ९, २०७९ सोमबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।