घोराहीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं: दाङको घोराही उपमहानगरपालिका- १३ दारेबोट चोकमा गए राति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका छन्।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागि भैरहवा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए।
रोल्पाबाट घोराही आउँदै गरेको रा१झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गए राति ९ बजे ठक्कर दिएको थियो।
एम्बुलेन्ससहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
माघ ९, २०७९ सोमबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।