धान र उखु किसानका समस्या समाधान गर्न समाजवादी किसान महासङ्घको माग

धान र उखु किसानका समस्या समाधान गर्न समाजवादी किसान महासङ्घको माग

काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध समाजवादी किसान महासङ्घको कार्यसम्पादन समितिको बैठकले किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। वीरगञ्जमा पुस ७ र ८ गते सम्पन्न बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले सरकारसँग निम्न माग राखेको छ।

१. सरकारले तोकेको समर्थन मूल्यमा किसानले धान बिक्री गर्न नसक्ने र बिक्री गरिहाले पनि समयमा रकम प्राप्त नहुने समस्याले किसान मारमा परेकोले उक्त धान सरकारले नै खरिद गनुपर्ने।

२. सरकारले तोकेको उखुको समर्थन मूल्यमा किसानको लागत समेत नउठ्ने भएकोले सो समर्थन मूल्यमा पुनर्विचार गनुपर्ने।

३. कृषकहरूले पाउने कृषि ऋणलाई सरल र सहज ढङ्गले प्राप्त हुने व्यवस्था गराइदिन सम्बन्धित निकायलाई महासङ्घले अनुरोध गरेको छ।

साथै बैठकले महासङ्घका प्रदेशस्तरीय समिति फागुन ३० गतेसम्म गठन पुनर्गठन गर्ने निर्णय गरेको छ। महासङ्घको केन्द्रीय समितिमा मधेश प्रदेशका महाराज यादव, लम्बिनी प्रदेशबाट प्रबजन उपाध्याय, कणाली प्रदेशबाट प्रबजन शाही र लुना चौलागाईंलाई मनोनयन समेत गरेको छ। 

माघ ९, २०७९ सोमबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।