यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टिमकाे घोषणा, क्यानले कप्तान भने अझै छान्न सकेन
काठमाडाैंः नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू–१९ विश्वककाे छनोट प्रतियाेगिता खेल्ने नेपाली टोलीकाे घोषणा गरेको छ।
अर्काे महिना युएईमा हुने प्रतियाेगिताका लागि क्यानले आज (आइतबार) अन्तिम १४ सदस्य टोलीकाे घोषणा गरेकाे हाे।
तर अन्तिम टाली घाेषणा भैसक्दा र प्रतियाेगिता सुरु हुन मात्र एक महिना बाँकी छँदा पनि क्यानले कप्तानकाे छनाेट भने अझै गर्न सकेकाे छैन।
१४ सदस्य नेपाली टोलीमा राष्ट्रिय टिमबाट समेत खेलिसकेका देव खनाल र गुलशन झा जस्ता खेलाडी छन्। त्यसैगरी ८ खेलाडी पहिलो पटक यू–१९ नेपाली टोलीमा परेका हुन्।
नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमकाे सहभागिता रहेकाे विश्वकप छनाैट प्रतियोगिताकाे विजेता टोलीले अर्काे वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छ।
माघ ८, २०७९ आइतबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।