शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरीको निर्देशन
बुटवलः लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले आज (आइतबार) रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन्।
सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए।
गिरीले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुखसँग मुख्यमन्त्री निवास बुटवलमा छलफल गरेका थिए।
गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ता हितमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिएका थिए।
सो अवसरमा प्रजिअ पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गरे।
माघ ८, २०७९ आइतबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।