रेमिट्यान्सकाे ठूलाे हिस्सा अवैधानिक बाटाेबाट भित्रिएकाेमा अर्थमन्त्रीकाे चिन्ता

रेमिट्यान्सकाे ठूलाे हिस्सा अवैधानिक बाटाेबाट भित्रिएकाेमा अर्थमन्त्रीकाे चिन्ता

काठमाडाैंः अर्थमन्त्री विष्णु पौडेलले रेमिट्यान्स (विप्रेषण) काे ठूलाे हिस्सा अवैधानिक बाटाेबाट भित्रिएकाेमा चिन्ता व्यक्त गरेका छन्।

अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको समेत बताएका छन्।

प्रवासी नेपाली मञ्च अमेरिकाले आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यसका लागि कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन गर्ने तयारी भैरहेकाे बताए।

साथै उनले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको उल्लेख गरे।

माघ ८, २०७९ आइतबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।