जसपामा प्रवेश गरे मधेस प्रदेशका दुई स्वतन्त्र सांसद

जसपामा प्रवेश गरे मधेस प्रदेशका दुई स्वतन्त्र सांसद

काठमाडाैंः मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन्।

दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएकाे जसपाका प्रवक्ता मनिस सुमनले बताए।

उनका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहेकाेमा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना सदस्य हुने भएका छन्।

माघ ८, २०७९ आइतबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।