कोभिडका कारण चीनमा एक सातामा १३ हजार जनाको मृत्यु

कोभिडका कारण चीनमा एक सातामा १३ हजार जनाको मृत्यु

एजेन्सीः चीनमा कोभिड सङ्क्रमणको कारण गत जनवरी १३ देखि १९ को बीच (एक साता) मा करिब १३ हजार मानिसकाे मृत्यु भएको छ।

अस्पतालमा भर्ना भएका ६८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको हाे।

त्यसैगरी, ११ हजार ९७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) एक विज्ञप्तिमा जनाएको छ। 

गत  डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सीडीसीले जनाएको छ। 

माघ ८, २०७९ आइतबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।