बालेन जस्तै डाेजर लिएर निस्के हर्क साम्पाङ, धरानमा पनि अतिक्रमित संरचना भत्काइँदै
काठमाडाैंः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेका छन्।
आइतबार उपमहानगरले धरान ५ मा रहेकाे सार्वजनिक जग्गा र खोला अतिक्रमण गरी घर बनाएका संरचनामा डोजर चलाएको छ।
उपमहानगरपालिकाले अतिक्रमण गरी बनाएकाे भन्दै मुना चौधरी लिम्बूको घर भत्काएको थियाे। अतिक्रमित संरचना भत्काउने क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप पनि भएकाे थियाे।
यसपछि साम्पाङले खाेला नजिक कसैले जग्गा बेच्न खाेज्छ भने आँफूलाई भेट्न र खाेला बगरमा घर टहरा नबनाउँन सुझाव दिएका छन्।
साथै उनले यसरी खाेला बगरमा अतिक्रमण गरी बनाइएका सबै संरचना भत्काइने पनि बताएका छन्।
माघ ८, २०७९ आइतबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।