प्रधानमन्त्रीलाई विश्‍वासको मत दिएकाेमा कांग्रेसमा विवाद, सांसदहरूले गरे विश्‍वासको मत फिर्ताको माग

प्रधानमन्त्रीलाई विश्‍वासको मत दिएकाेमा कांग्रेसमा विवाद, सांसदहरूले गरे विश्‍वासको मत फिर्ताको माग

काठमाडौंः नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई दिएको विश्वासकाे मत फिर्ता लिनुपर्ने माग गरेका छन्। 

कांग्रेसकाे संस्थापनइतर समूहकाे आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु गलत निर्णय भएकाे निष्कर्ष निकालेकाे हाे।

बैठकमा नेता शेखर कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत भएकाे बताएका छन्। 

त्यसैगरी अन्य सांसदहरूले पनि पार्टीले विश्वासकाे मत दिन हृवीप लगाउनुकाे अर्थ नबुझेकाे र कांग्रेस सत्तापक्ष नरहेपछि विश्वासको मत दिनुको कुनै अर्थ नभएकाे बताए।

साथै उनीहरूले तत्कालै विश्वासको मत फिर्ता लिइनुपर्ने माग पनि राखेका छन्।

माघ ८, २०७९ आइतबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।