पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दैछः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख गरेका छन्।
आइतबार २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गरिरहेकाे बताए।
उनले भने, ‘ल्होछार पर्व केवल तामाङ समुदायको मात्र होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व छन्।’
‘तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृति लोप भएर जादैँछन्। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ,’ उनले थपे।
प्रधानमन्त्री दहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र हुनु नेपालीका लागि गौरवको कुरा रहेकाे उल्लेख गरे।
माघ ८, २०७९ आइतबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।